१५ माघ २०८२ बिहीबार
image/svg+xml
अर्थ

सहकारी ठगको सम्पत्ति लिलाम गरिने, बचत फिर्ता गर्न चक्रीय कोष

सरकारले समस्याग्रस्त सहकारीको बचत रकम फिर्ता गर्न चक्रीय कोष स्थापना गर्ने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत यो घोषणा गरेका हुन्।

‘सहकारीमा रहेको पाँच लाखसम्मको बचत निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत सुरक्षित गरिनेछ,’ अर्थमन्त्री पौडेलले भने, ‘सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम गरी प्राप्त रकमबाट बचतकर्तालाई फिर्ता गर्न चक्रीय कोष स्थापनाका लागि बीउ पूँजीको व्यवस्था गरिएको छ।’

यसैगरी, समस्याग्रस्त सहकारीका सञ्चालक, पदाधिकारी र कर्जा अपचलनकर्ताको सम्पत्ति तथा राहदानी रोक्का गरिने बजेट भाषणमा उल्लेख छ।

प्रकाशित: १५ जेष्ठ २०८२ १५:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App