१६ माघ २०८२ शुक्रबार
image/svg+xml
अर्थ

ताप्लेजुङमा चालु बजेट ७५ प्रतिशत खर्च हुँदा पुँजीगत २९ प्रतिशतमा सीमित

ताप्लेजुङमा पुँजीगत बजेटको परिचालन कमजोर देखिएको छ । प्रदेशभन्दा सङ्घीयतर्फ पुँजीगत बजेट परिचालन झन् कमजोर रहको पाइएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार बैशाख मसान्तसम्ममा सङ्घीयतर्फ २९ प्रतिशत हाराहारी मात्र पुँजीगत बजेट खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका सहलेखापाल नवीन खनालका अनुसार प्रदेशतर्फ करिब ३६ प्रतिशत हाराहारी पुँजीगत बजेट परिचालन भएको छ । पुँजीगत बजेटको तुलनामा चालु बजेट भने कम्तीमा ५४ देखि बढीमा ७५ प्रतिशत हाराहारी परिचालन भएको छ । कोलेनिकाका अनुसार सङ्घीयतर्फ चालु बजेट ४ अर्ब २९ करोड १५ लाख ९४ हजार ५ सय ११ रुपैयाँ रहेकोमा बैशाख मसान्तसम्ममा उक्त बजेटमध्ये ३ अर्ब २० करोड ३७ लाख १ हजार ३ सय ७९ रुपैयाँ खर्च भईसकेको छ । अब प्रतिशतका हिसाबले ७४.६५ प्रतिशत भन्दा बढी हो । चालु बजेटको तुलनामा पुँजीगत बजेट भने धेरै कम मात्र परिचालन भएको छ ।

खनालका अनुसार सङ्घीयतर्फ ८५ करोड ४८ लाख ६१ हजार रुपैयाँ बजेट रहेकोमा बैशाख मसान्तसम्ममा २४ करोड ८५ लाख ६७ हजार ४ सय ८८ रुपैयाँ खर्च भएको छ । यो करिब २९ प्रतिशत मात्र खर्च भएको अवस्था देखिन्छ । प्रदेशतर्फ ४५ करोड ३० लाख ७५ हजार ७ रुपैयाँ चालु बजेट रहेको २४ करोड ४७ लाख ५५ हजार ८ सय ९८ रुपैयाँ खर्च भएको छ । 

खर्च प्रतिशतका हिसाबले यो ५४ प्रतिशत हाराहारी हो । प्रदेश अन्तरगत पुँजीगततर्फ १२ करोड ७० लाख ९४ हजार ६ सय ८७ रुपैयाँ बजेट रहेकोमा बैशाख मसान्तसम्ममा ४ करोड ६० लाख १८ हजार ८ सय ७० रुपैयाँ परिचालन भएको छ । यो करिब ३६ प्रतिशत हाराहारी हुन आउँछ । 

प्रकाशित: ११ जेष्ठ २०८२ १३:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App