८ माघ २०८२ बिहीबार
image/svg+xml
अर्थ

कोशी सरकारद्वारा ताप्लेजुङका लागि ६ वटा बहुवर्षे योजना स्वीकृत

कोशी प्रदेश सरकारले ताप्लेजुङ जिल्लाका लागि ६ वटा बहुवर्षे योजना स्वीकृत गरेको छ। कोशी प्रदेशसभा सदस्य तथा प्रदेश सरकारका पूर्वमन्त्री तिलकुमार मेन्याङ्वोका स्वकीय सचिव रमेश घिमिरेका अनुसार बहुवर्षे योजना अन्तर्गत ५ करोडदेखि ७५ करोड रुपैयाँ माथिका ६ वटा योजना स्वीकृत भएका हुन्।

मेन्याङ्वोको सचिवालयका अनुसार सबैभन्दा ठूलो योजना अन्तर्गत फुङलिङ–तोक्मेडाँडा–सल्लेरी–दोखु कामीडाँडा–थेचम्बु चाक्सिबोटे हुँदै खाम्दिने–तेल्लोक–याम्फुदिन–कञ्चनजंघा बेस क्याम्पसम्म पुग्ने सडक योजनाका लागि ७५ करोड १३ रुपैयाँको योजना स्वीकृत भएको छ।

यस्तै तमोर करिडोर सडक जोड्ने फुङलिङ वडा नं ९ र वडा नं १० क्षेत्रमा पर्ने हाङदेवा खोलामा मोटरेवल पुल निर्माणका लागि ५ करोड १९ लाख, मेरिङदेन गाउँपालिका वडा नं ३ र मिक्वाखोला गाउँपालिका वडा नं १ जोड्ने मेवाखोला मोटरेवल पुलका लागि ८ करोड ७१ लख रुपैयाँको योजना समेत स्वीकृत भएको छ। आठराई त्रिबेणी मार्गमा पर्ने सोबुवाखोला मोटरेवल पुलका लागि ५ करोड ७९ लाख, आठराई त्रिबेणी गाउँपालिकामा पर्ने चुँवाखोला गाईतर्ने मुहान भई पालिका आसपास हुँदै पञ्चमी कोलचौर सिँचाइ योजनाका लागि ६ करोड २० लाख र मैवाखोला गाउँपालिकामा पर्ने बुङधाक–तुम्बे–नेरा सिंचाई योजनाका लागि ६ करोड १० लाख रुपैयाँको बहुवर्षे योजना स्वीकृत भएको बताइएको छ।

प्रकाशित: १० जेष्ठ २०८२ १२:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App