भारत सरकारले नेपाललाई थप ६ सय मेगावाट विद्युत् दिन अनुमति प्रदान गरेको छ। भारतले मुजफ्फरपुर-ढल्केबर लाइनबाट थप ६ सय मेगावाट विद्युत् दिन अनुमति प्रदान गरेको हो।
यसअघि भारतले मुजफ्फरपुर-ढल्केबर लाइनबाट बिहान ६ देखि साँझ ५ बजेसम्म मात्रै नेपाललाई विद्युत् प्रदान गर्दै आएको थियो।
इन्डियन इनर्जी एक्सजेञ्जबाट थप ६ सय मेगावाट विद्युत दिने स्वीकृत भएपछि अब उद्योगमा भएको विद्युत् कटौतीमा कमी आउने प्राधिकरणले जनाएको छ।
प्रकाशित: १८ वैशाख २०८२ १४:५८ बिहीबार



-600x400.jpg)

