नयाँ गभर्नर छनोट गर्न गठित समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएका छन्।
नयाँ गभर्नर नियुक्ति सिफारिसका लागि सरकारले चैत ११ गते सरकारले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति बनाएको थियो । सो समितिमा भट्टराई पनि सदस्य थिए। भट्टराई पूर्वगभर्नरसमेत हुन् । उनले समितिबाट राजीनामा दिएका छन् ।
भट्टराईले समितिमा बस्नुको कुनै अर्थ नभएकाले राजीनामा दिएको बताएका छन्। समितिले केही काम नै नगरेपछि किन बस्नु भन्ने लागेर राजीनामा दिएको उनको भनाइ छ।
प्रकाशित: ९ वैशाख २०८२ १८:१५ मंगलबार





