१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ६:११ पूर्वाह्न
अर्थ

चैत २८ गतेदेखि भक्तपुर व्यापार महोत्सव हुने

औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डको आयोजनामा “नवौं भक्तपुर औद्योगिक, कृषि, सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव २०८१/०८२” हुने भएको छ ।

बिहीबार भक्तपुरमा पत्रकार सम्मेलन गरी ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय क्षेत्र भक्तपुरको सल्लाघारीको तीनकुनेस्थित खुल्ला चौरमा यहीँ चैत २८ गतेदेखि बैशाख ७ गतेसम्म महोत्सव संचालन हुने जनाइएको छ ।  

महोत्सवमा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, भाडाकुडाको साथै बिभिन्न्न प्रकारका लत्ताकपडाहरु, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामाग्रीहरु बिक्रीका लागि राखिने जनाइयो । औद्योगिक उत्पादनको प्रर्दशनी, सूचना तथा बिज्ञान प्रबिधिको प्रर्दशनी, अटो मोवाइल प्रर्दशनी, आधुनिक कृषि औजार प्रर्दशनी तथा विक्री हुने जनाइयो । मेलामा मोवाइल तथा ईलेक्ट्रोनिक्स सामानको व्यापार तथा प्रर्दशनी एवं बिक्रीका लागि स्टलहरु रहनेछ ।

हामीले महोत्सवमा साना बालबालिकाहरुका लागि बाल उद्यान संचालन गर्दै्छौ, पत्रकार सम्मेलनमा मेला संयोजक दीपक थापाले भने । ड्रागन ब्रेक डान्स, नाउ तथा विभिन्न प्रकारका बच्चाको खेलौना स्थलहरु रहने जनाइयो । साथमा रोटे पिङ्ग, रेनजर, मारुती सर्कस समेत संचालन हुनेछ । पर्यटकीय गतिविधि, स्थानिय खाना महोत्सवका साथै दैनिक रुपमा राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुती हुनेछ । राष्ट्रिय स्तरका कलाकारहरुको हाँस्य व्यङ्ग्य तथा फेशन र्‍याप तथा नृत्यहरु, नृत्य प्रतियोगिताले महोत्सव थप आकर्षण बन्ने विश्वास लिइएको छ । महोत्सवस्थलमा स्थानिय हस्तकला, कृषि उत्पादनलाई समेत समावेश गर्ने तयारी गरेको छ ।

मेलामा बिक्री गरिने सामानहरुमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यबस्था गरिएको छ । यस महोत्सवमा १ सय ५० स्टल रहने छ । करिब पाँच लाख भन्दा बढी उपभोक्ताले महोत्सव अवलोकन गर्ने अपेक्षा लिएको छ । महोत्सवलाई व्यवस्थित गर्न रु ५० र रु ८० प्रवेश शुल्कको व्यबस्था गरिएको छ । यद्यपी विद्यार्थी र जेष्ठ नागरिकलाई विशेष छुटको व्यवस्था गरिएको छ । भक्तपुर, काठमाडौ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका वासिन्दाले समेत यसबाट लाभ लिन सक्नेछन् ।  

'नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्ने नाराका साथ नवौं भक्तपुर औद्योगिक सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८१/०८२ हुने भएको जनाइएको छ । नयाँ वर्ष २०८२ र भक्तपुरको प्रसिद्ध विस्काः जात्राको अवसरमा महोत्सव गर्न लागिएको हो ।

प्रकाशित: १४ चैत्र २०८१ १५:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App