१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

नर्सरी व्यवसायबाट सुरेशको स्वदेशमै सफलता

धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका युवा व्यवसायी सुरेश विश्वकर्माले लामो समयदेखि नर्सरी व्यवसाय गर्दै आएका छन्। उनले यो व्यवसायबाट मासिक ४० हजार रूपैयाँ बचत गर्दै आएका छन्।

केही समयअघि विश्वकर्माले काठमाडौँमा बिरुवासम्बन्धी काम गर्ने एक कम्पनीमा जागिर गरेर अनुभव बटुलेका थिए। त्यसपछि उनले वार्षिक १ लाख ५० हजार रूपैयाँ तिर्ने गरी ४ कट्ठा जमिन भाडामा लिएर नर्सरी व्यवसाय सुरु गरे। हालसम्म ५० लाख रूपैयाँ लगानी भएको बताउँदै उनले यो व्यवसायबाट मासिक ४० हजार बचत हुने जानकारी दिए।

उनको परिवारमा श्रीमान्, श्रीमती, बुवाआमा र दुई छोराछोरी छन्। परिवारको सम्पूर्ण लालनपालन र छोराछोरीको शिक्षादीक्षा यसै व्यवसायबाट धान्दै आएको उनले बताए। व्यवसायमा काम गर्ने तीन जना कामदारलाई मासिक १२ हजार रूपैयाँका दरले तलब दिँदै आएको विश्वकर्माले बताए।
‘अन्य व्यवसायभन्दा यो व्यवसाय अलि जोखिमपूर्ण छ,’ उनले भने, ‘कहिलेकाहीँ प्रतिकूल वातावरणले बिरुवामा असर पर्दा बिग्रने, कुहिने र रोग लाग्ने हुन्छ, जसले घाटा बेहोर्नुपर्छ।’

धन आर्जनका लागि विदेश मात्र नभई स्वदेशमै पनि केही गर्न सकिन्छ भन्ने मान्यताले व्यवसाय सुरु गरेको उनले बताए। झापा, विराटनगर, इटहरी र कञ्चनपुरलगायत स्थानबाट विभिन्न जातका फलफूल, सो–प्यान्टलगायत बिरुवा ल्याएर बिक्री गर्ने गरेको उनको भनाइ छ। केही बिरुवा भने नर्सरीमै उत्पादन गर्ने गरेको उनले बताए। रासस

प्रकाशित: १२ चैत्र २०८१ ०७:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App