अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडमा कार्यरत कर्मचारीहरु आन्दोलित भएका छन् । हाइड्रोमा कार्यरत दोलखाबासी कर्मचारीहरुले शान्तिपूर्ण धर्ना तथा विरोध सभा सुरु गरेका हुन्।
कम्पनी व्यवस्थापनले २ वर्षदेखि उपलब्ध गराउँदै आएको सेवा सुविधामा विभेद गरेको भन्दै उनीहरुले आन्दोलन थालेको बताएका छन् । पटकपटक ध्यानाकर्षण गराउँदा पनि माग सुनुवाइ नभएपछि आन्दोलनमा उत्रनुको विकल्प नभएको उनीहरुको भनाइ छ ।
दोलखा जिल्लबासी करार कर्मचारी संघर्ष समितिले आइतबार र सोमबार प्लान्ट ओपरेसनका लागि जिल्ला बाहिरका सवारी चालक कर्मचारीद्वारा पोर्टलमा रहने गरी १ वटा सवारी साधन सञ्चालन गर्न दिने बताएको छ।
त्यस्तै, चैत १२ गतेदेखि सहमति कार्यान्वयन नभएसम्म प्लान अपरेशनमा भैपरी आउने आपतकालीन अवस्थाबाहेक कम्पनीको कुनै पनि सवारी साधन सञ्चालनमा रोक लगाउने बताएको छ।
समितिले गोंगरस्थित कार्यालयको कामकाज पनि ठप्प गर्ने जनाएको छ।गरिएको भन्दै गत असोजमा पनि धर्ना दिएको थियो। तर, असोज ६ गते कम्पनी व्यवस्थापन र दोलखा जिल्लाबासी कर्मचारीहरुद्वार गठित संघर्ष समितिका प्रतिनिधिहरुबीच माघ मसान्तसम्ममा सबै कर्मचारीहरुको सेवा सुविधामा समानता कायम गर्ने द्विपक्षीय सहमति पछि धर्ना कार्यक्रम रोकिएको थियो।
प्रकाशित: १० चैत्र २०८१ १५:२१ आइतबार