२६ माघ २०८२ सोमबार
image/svg+xml
अर्थ

बैंक तथा वित्तीय संस्थामार्फत मात्रै कारोबार गर्नुस्ः गर्भनर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले नियमन गरेको बैंक तथा वित्तीय संस्थाबाट मात्रै कारोबार गर्न आग्रह गरेका छन्।

काठमाडौंमा सोमबार आयोजित ‘ग्लोवल मनी वीक’ लाई सम्बोधन गर्दै उहाँले राष्ट्र बैंकबाट अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्थाबाट वचत गर्ने बानीको विकास गर्नुपर्ने बताए। उनले नेपाल राष्ट्र बैंकले आफ्नो कोर म्याण्डेटको अलवा वित्तीय समावेशीतालाई एउटा महत्वपूर्ण एजेन्डाका रुपमा लिएको बताए।

उनका अनुसार राष्ट्र बैंकले सबै सर्वसाधारणको बैंकमा खाता होस् र ती खाताहरु सक्रिय रुपले चलुन् भन्ने मानसिकता राख्छ । उनले केही सिक्न, केही वित्तीय जानकारी लिँदा आम विद्यार्थीको व्यवहारमा समेत केही न केही परिवर्तन आउने बताए। वित्तीय हिसावले सचेत हुँदा आचारणमा समेत परिवर्तन ल्याउने समेत बताए।

उनले भने, ‘भोलिका दिनमा आफू व्यक्तिगत रुपमा पनि सुरक्षित हुन सकिन्छ । स्वच्छ समाज निर्माणमा सहयोग पुग्छ । त्यो त्यतिमा मात्रै सिमित छैन, समग्र राष्ट्रलाई समेत विद्यार्थीहरुले स्वच्छ बनाउन सघाउ पु¥याउँछ । त्यसैले विद्यार्थी उमेरमै वित्तीय रुपमा जानकार हुनुपर्छ भनेर राष्ट्रले त्यससम्बन्धि शिक्षाका लागि प्रयास गर्ने गरेको छ । यो शिलशिलामा स्कुलको पाठ्यक्रममा पनि वित्तीय सक्षरता, समावेशीता राख्न हामीले खोजेका छौं । हाम्रो प्रयास भइरहेको छ, कसरी पाठ्यक्रममा वित्तीय शिक्षालाई समावेश गर्ने भनेर यही वर्ष पनि पाठ्यक्रम विकास केन्द्रसँग सयुक्त रुपमा अन्तरक्रिया कार्यक्रम गरेका छौं । वित्तीय शिक्षाको एउटा महत्वपूर्ण पाटो सेभिङ जरुरी छ । कोर सेभिङ जरुरी छ । जबजस्त भएपनि वित्तीय संघ संस्थामार्फत बचत गर्नुपर्छ, सँगसँगै आफ्नो बजेटिङको पनि ख्याल गर्नुपर्छ । ’  

प्रकाशित: ४ चैत्र २०८१ १४:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App