३ चैत्र २०८१ आइतबार
image/svg+xml २२:५८ अपराह्न
अर्थ

लयमा फर्कँदै घरजग्गा कारोबार, फागुनमा चार अर्ब राजस्व सङ्कलन

घरजग्गाको कारोबारबाट गत फागुन महिनामा चार अर्ब १२ करोड रुपैयाँ बराबरको राजस्व सङ्कलन भएको छ। देशभरको घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत माघको तुलनामा फागुनमा राजस्व सङ्कलनमा वृद्धि भएको छ।  

घरजग्गा कारोबार क्रमशः लयमा फर्कन थालेको र राजस्व सङ्कलनमा समेत क्रमशः वृद्धि हुँदै गएको विभागको विवरणमा उल्लेख छ। विभागका अनुसार सेवा करबाट २८ करोड ८४ लाख ६८ हजार रुपैयाँ, रजिष्ट्रेशन दस्तुर दुई अर्ब २० करोड ३७ लाख ८९ हजार रुपैयाँ र पुँजीगत लाभकरबाट  एक अर्ब ५७ करोड ७१ लाख ६४ हजार रुपैयाँ सङ्कलन भएको छ।  

विभागले गत साउनमा तीन अर्ब ८३ करोड ५० लाख रुपैयाँ, भदौमा तीन अर्ब नौ करोड रुपैयाँ, असोजमा तीन अर्ब आठ करोड १२ लाख रुपैयाँ, कात्तिकमा दुई अर्ब ७० करोड ४० लाख रुपैयाँ, मङ्सिरमा तीन अर्ब ८७ करोड रुपैयाँ, पुसमा चार अर्ब २५ करोड २२ लाख रुपैयाँ र माघमा तीन अर्ब ८७ करोड २४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो।  

मालपोत कार्यालय कलङ्कीले गत फागुनमा २२ करोड ६१ लाख रुपैयाँ, मालपोत कार्यालय चाबहिलले २१ करोड ६८ लाख ५२ हजार रुपैयाँ, मालपोत कार्यालय लगनखेलले ३८ करोड २८ लाख रुपैयाँ तथा मालपोत कार्यालय खैरहनी, चितवनले तीन करोड ९४ लाख ४१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको विभागले जनाएको छ। रासस

प्रकाशित: ३ चैत्र २०८१ ०६:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App