१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अर्थ

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक उत्तरदायित्व सम्बन्धि परियोजना पूरा गर्दै दोलखामा, गौरी शंकर बालगृहका लागि नवनिर्मित भवन हस्तान्तरण गरेको छ। यो आश्रममा १७ जना बालबालिका आश्रित छन् ।  

यस अवसरमा वर्ल्डलिंकका लेगेसी प्रोमोटर शेयरहोल्डर र सामाजिक उत्तरदायित्व कार्यक्रमका कार्यकारी प्रमुख अनुपा भण्डारी जालान, भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धर, बालगृह अध्यक्ष विद्यालक्ष्मी उपाध्याय लगायतका बोर्डका सदस्यहरू उपस्थित थिए।

भवन हस्तान्तरण गर्दै कार्यकारी प्रमुख भण्डारीले गौरी शंकर बालगृहको सुधारमा थप योगदान गर्न सबैलाई आह्वान गरिन् ।  

मेयर मानन्धरले अन्य संस्थाहरूलाई यस प्रकारका सामाजिक दायित्वका कार्यहरूमा सक्रिय हुन आग्रह गरे ।  

वर्ल्डलिंकले भूकम्पका कारण क्षतिग्रस्त भवनमा छाना हाल्ने, भित्ताहरूको मर्मत गर्ने, झ्यालढोकाको मर्मत तथा रङ्गरोगन, शौचालय र स्नानगृहको पुनर्निर्माणको काम गरेको छ । वर्ल्डलिंकले आश्रित बालकका लागि डस्नाकम्बल र स्टेशनरी पनि उपलब्ध गराएको छ ।  

परियोजनाले बाल गृहका बच्चाहरूलाई अझ सुरक्षित र आरामदायक बसोबासको सुनिश्चितता दिएको बताउँदै आश्रमले बालकको शिक्षा, स्वास्थ्य तथा मानसिक विकासलाई मद्दत पुग्ने विश्वास लिएको छ ।  

प्रकाशित: २८ कार्तिक २०८१ १४:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App