१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

सुनको भाउ तोलामा ४ हजार रुपैयाँले घट्यो

पछिल्लो समय लगातार ओरालो लागिरहेको सुनको भाउ आज ह्वात्तै घटेको छ। आज सुनको भाउ प्रतितोला ४ हजार रुपैयाँले घटेको हो। छापावाला सुन प्रतितोला एक लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

हिजो छापावाल सुन प्रतितोला एक लाख ६८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

 त्यस्तै चाँदीको मूल्य पनि घटेको छ। हिजो प्रतितोला दुई हजार १५ रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १९ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ।

प्रकाशित: २२ कार्तिक २०८१ ११:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App