२६ मंसिर २०८१ बुधबार
image/svg+xml
अर्थ

तिहारपछि झिनो अंकले घट्यो नेप्से

तिहारको बिदापछिको पहिलो कारोबार मंगलबार नेप्से परिसूचक झिनो अंक ०.२०घटेर बन्द भएको छ। तिहार बिदा अघिको अन्तिम कारोबार दिन  १४ .४३ अंक घटेर बन्द भएको नेप्सेले आज भने झिनो अंक ०.२० घटेर बन्द भएको हो।

मंगलबार नेप्से परिसूचक २६७७.४० विन्दुमा बन्द भएको छ। नेप्सेसँगै आज  कारोबार रकम पनि घटेको छ।अघिल्लो कारोबार दिन करिब ६ अर्बको शेयर कारोबार भएको बजारमा आज भने ३०२ स्टकको ४७ हजार ५१५ पटकको कारोबारमा ४ अर्ब २० करोड ५५ लाख ५ हजार रुपैयाँ बराबरको ९७ लाख १३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

मंगलबार सुपर माइ हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन १०३ रुपैयाँ ७० पैसा बढेर १ हजार १४० रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ।

त्यस्तै समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ। मिड सोलु हाइड्रोपावरको शेयरको भने आज नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन १०६ रुपैयाँ १० पैसा घटेको छ।

१३ उपसमूहमध्ये आज ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ।  

प्रकाशित: २० कार्तिक २०८१ १६:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App