७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

तिहार लगत्तै सुनको भाउ तोलामा २८ सयले घट्यो

तिहारअघिसम्म बढेको सुनको मूल्य लगत्तै घटेको छ। तिहार पछि पहिलो पटक खुलेको बजारमा  सुनको मूल्य २ हजार भन्दा बढीले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। 

तिहारमा सुनको मूल्य तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। जुन मूल्य अहिलेसम्मकै उच्च हो। तिहारपछिको पहिलो कारोबार हुँदा भने छापावाल सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँ घटेको छ।

यस्तै चाँदीको मूल्य पनि ६० रुपैयाँले घटेको छ । कात्तिक १५ गतेसम्म तोलामा २ हजार ९० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर २ हजार ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित: २० कार्तिक २०८१ ११:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App