९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सुनको भाउ स्थिर,चाँदीको मूल्य भने घट्यो

सुनको भाउ स्थिर भएको छ। अघिल्लो साता लगातार बढेको सुनको मूल्य पछिल्लो समय ६ सय रुपैयाँले घटेको थियो।नेपाली बजारमा सुन बिहीबारकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य स्थिर छ।आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।बिहीबार पनि यही मूल्यमा सुन कारोबार भएको थियो।

चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला २० रुपैयाँ घटेर कारोबार भएको छ।आज चाँदी प्रतितोला दुई हजार ७० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला दुई हजार ९५ रुपैयाँ कारोबार भएको थियो।  

प्रकाशित: ९ कार्तिक २०८१ ११:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App