९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अर्थ

प्राधिकरणले विद्युत महशुल नबुझाउने उद्योगको लाइन काट्न थाल्यो

लाइन नकाट्ने हो भने मन्त्रिपरिषदबाट निर्णय गराउनु पर्ने घिसिङको जवाफ

विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाउने उद्योगको लाइन काट्न सुरू गरेको छ। 

बुझाउनु पर्ने महशुल पटक पटक ताकेता गर्दा पनि नबुझाएको भन्दै प्राधिकरणले लाइन काट्न थालेको हो। 

प्राधिकरणले विभिन्न ४९ वटा उद्योगलाई बक्यौता तिर्न सार्वजनिक सूचना जारी गरेको थियो। बिहीबार साँझदेखि लाइन काट्न थालेको प्राधिकरणले  घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, सोनापुर सिमेन्ट, कसमस सिमेन्ट, ​ घराना फुड्स, एसआर फुड्स, श्याम प्लास्टिक, गोयन्का फुड्स, भलवारी चामल उद्योग र बाबा जुट मिललगायतको लाइन काटेको बताइएको छ। 

असोज अन्तिम साता प्राधिकरणले कार्तिक ८ गतेसम्म महशुल बुझाउन सम्बन्धित सवैलाई जानकारी गराएको थियो। 

यसैबीच, बिहीबार बिहान प्राधिकरण सञ्चालक समितिको बैठकमा ऊर्जामन्त्री दीपक खड्काले लाइन नकाट्न गरेको अनुरोधमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लाइन नकाट्नका लागि मन्त्रिपरिषदले निर्णय गर्नु पर्ने बताएका थिए। उप्रधानमन्त्री केपी शर्मा ओलीले पनि उद्योगको लाइन नकाट्न भन्दै आएका थिए। प्राधिकरणले विद्युत प्रयोगको प्रमाण नदिएको भन्दै उद्योगीले बक्यौता तिर्न मानेका छैनन्।

प्रकाशित: ९ कार्तिक २०८१ ०७:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App