७ कार्तिक २०८१ बुधबार
image/svg+xml
अर्थ

सरकारले कुलमान घिसिङलाई हटाउनुपर्ने आवश्यकताको महसुस गरेको छैन: मन्त्री खड्का

<br>

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले डेडिकेटेड लाइनको बक्यौता उठाउने सम्बन्धमा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणका बीचमा मतभेद नभएको बताएका छन्।

बुधवार मन्त्रालयको एक सय दिनको मुख्य उपलब्धिहरू सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री खड्काले डेडिकेटेड लाइनको बक्यौता उठाउने सम्बन्धमा मन्त्रालय र विद्युत प्राधिकरणका बिचमा कुनै मतभेद नभएको स्पष्ट पारेका हुन।

उनले यो विषय संसदीय समितिमा पुगिसकेको भन्दै संसदीय समितिबाट केही निर्णय आउने विश्वास व्यक्त गरे। उनले यस विषयमा मन्त्रालय र प्राधिकरणका बिचमा छलफल भइरहेको र मन्त्रालयले सम्बन्धित व्यवसायीहरूसँग पनि निरन्तर छलफल गरिरहेको बताए।

उनले उद्योगीहरूले विद्युत उपभोग गरेको कुराको प्रमाण जुटाउने काम पनि भइरहेको बताए।सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाउन लागेको भन्ने कुरा हास्यास्पद रहेको बताए। उनले सरकारले घिसिङलाई हटाउनुपर्ने आवश्यकताको महसुस नगरेको बताए ।  

प्रकाशित: ७ कार्तिक २०८१ १४:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App