२३ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

आईफोन १६ बजारमा, कति छ मूल्य ?

नेपाल को लागीआधिकारीक बिक्रेता जेनेरेशन नेक्स्ट कम्युनिकेसन प्रालिले आईफोनको नयाँ भेरिएन्ट आईफोन १६ बजारमा ल्याएको छ । 

आईफोन १६ सिरिजमा अतिबिशिष्ट फिचरहरु जस्तै टाईटेनियम डिजाईन्, क्यामेरा कन्ट्रोल्,फोर के १२० डोल्बी भिजनका साथै ए१८प्रो चिप्स रहेका छन्।

आईफोन १६ ले यस पटकदेखि सिल्ड प्लस समावेश गरेको छ । यसको मुल्य १३ हजार रुपैयाँ रहेको छ । एक वर्षको वारेन्टी, एक पटकका लागि फ्रन्ट स्क्रिन रिप्लेसमेन्ट र एक पटकका लागि ब्लाक ग्लास रिप्लेसमेन्टको सुविधा पनि कम्पनीले ल्याएको छ ।  

साथै प्रत्येक खरिद्कर्ताले साप्ताहिक ड्रमार्फत् आईफोन १६ प्रो म्याक्स, एप्पल वाच सिरिज १० का साथै अन्य थुप्रे पुरस्कारहरु पनि जित्न सक्नेछन् ।  

स्टाइलिस डिजाइन र फिचर भएको आईफोन १६ को बजार मुल्य अहिलेलाई १ लाख ५२ हजार ५०० देखि ३ लाख २ हजार रुपैयाँसम्म तोकिएको कम्पनीले जनाएको छ । 

प्रकाशित: २३ आश्विन २०८१ १५:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App