१६ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धि ५.१ प्रतिशतः विश्व बैंक

विश्व बैंकले नेपालमा चालु आर्थिक वर्ष ५.१ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ।

विश्व बैंकले बुधबार सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेटः अन्तर्राष्ट्रिय आप्रवासन र नेपालमा यसको प्रभाव’ विषयक प्रतिवेदनले यसवर्ष आर्थिक वृद्धिदरमा सुधार आउने प्रक्षेपण गरेको हो।

आर्थिक वर्ष २०८१/०८२ (सन् २०२५) मा सरकारले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको भएपनि विश्व बैंकले ०.९ प्रतिशत कम ५.१ प्रतिशतको अनुमान गरेको छ।

गत आर्थिक वर्ष ३.९ प्रतिशतको प्रक्षेपण गरेको विश्व बैंकले यो वर्ष भने उच्च पर्यटक आगमन, जलविद्युत् र धान उत्पादनको वृद्धिले आर्थिक वृद्धिमा सुधार हुने बताएको हो।

नेपालको वृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहने भएपनि विश्व बैंकले वित्तीय प्रणालीमा उच्च जोखिम सहितको निजी क्षेत्रको कर्जा वृद्धिलाई सीमित गर्ने निष्क्रिय कर्जा, लगानी नै प्रभावित हुन सक्ने गरी सम्भावित नीतिको अनिरन्तरता, पूर्वाधार विकासलाई असर गर्ने पुँजीगत खर्चको कार्यान्वयनमा हुन सक्ने ढिलाइ, क्षेत्रीय अस्थिरता र व्यापार अवरोध लगायतको जोखिम पनि औंल्याएको छ। विश्व बैंकले भनेको छ, जसले पर्यटन र आन्तरिक मागलाई कम गर्न सक्छ।

प्रकाशित: १६ आश्विन २०८१ ११:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App