१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

सेयर ११४.७० अंकले बढ्यो,नेप्से २६०० विन्दुमाथि पुग्यो

साताको तेस्रो कारोबार मंगलबार नेप्से परिसूचक ११४.७० अंकले बढेर बन्द भएको छ।  नेप्से परिसूचक  २६२३.५६ पुगेर बन्द भएको हाे ।

१३ उपसमूहमध्ये मंगलबार  वित्त उपसमूहको परिसूचक सर्वाधिक ९.७४ प्रतिशत बढेको छ।

त्यसैगरी  सेन्सेटिभ इण्डेक्स १९.४६ अंक बढेको छ भने फ्लोट यण्डेक्स ७.९६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ७.०५ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार ३ अर्ब ७१ करोडको सेयर खरिदबिक्री भएको बजारमा मंगलबार ३०७ स्टकको ९६ हजार ९०६ पटकको कारोबारमा ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार रुपैयाँ बराबरको १ करोड ७५ लाख ७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

मंगलबार  २३ वटा स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। जसमध्ये अधिकांश कम्पनी वित्त कम्पनीहरु रहेका छन्। यस दिन बुटवल पावर कम्पनी, गोर्खाज फाइनान्स, गुडविल फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, सेन्ट्रल फाइनान्स, जानकी फाइनान्स समृद्धि फाइनान्स लगायतका स्टकहरु सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन। मूल्य घटेका स्टकहरुमा गिरावटदर भने ४ प्रतिशतभन्दा कम रहेको छ।

प्रकाशित: १५ आश्विन २०८१ १५:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App