३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

सामसङको ‘भव्य दशैंतिहार, घर भरी उपहार’ अफर सार्वजनिक

ग्राहकहरूलाई ३१ प्रतिशतसम्मको छुट

चाडपर्वको अवसर पारेर सामसङ नेपालले ‘भव्य दशैंतिहार, घर भरी उपहार’ अफर सार्वजनिक गरेको छ । यो अफर आगामी कार्तिक ३० गतेसम्म कायम रहने सामसङले जनाएको छ ।  

अफरद्वारा ग्राहकहरूलाई ३१ प्रतिशतसम्मको छुटमा नवीनतम सामसङ टिभीहरू र घरेलु उपकरणहरू घरमा ल्याउन र चुनिएका सामसङ टिभीहरू खरिद गर्दा १२ महिनासम्मको निःशुल्क वर्ल्डलिङ्क इन्टरनेट र नेटटिभी सब्स्क्रिप्सन पाउने कम्पनीले जनाएको छ । चुनिएका सामसङ फ्रन्ट लोड वाशिङ मेसिनको खरिद गर्दा निःशुल्क ६ केजी सर्फ एक्सेल म्याटिक पाउने जस्ता आकर्षक उपहारहरूको लाभ उठाउन सक्ने छन्।

लगातार १८ वर्षदेखि ग्लोबल नम्बर १ टिभी ब्रान्ड रहेको सामसङले आफ्नो नयाँ दायराको एचडी, एफएचडी, ४के युएचडी, क्युएलईडी, नियो क्युएलईडी ४ के टिभी र फ्रेम टिभीहरूमा आकर्षक छुट मूल्यमा प्राप्त गर्नेछन् । यस्तै कम्पनीले विशेष बोनस उपहारहरूसहित क्यासब्याकहरू प्रदान गरेको छ। क्यासब्याक सँगसँगै ग्राहकहरूले क्युएलईडी वा त्योभन्दा माथिको सामसङ टिभी मोडलहरू खरिद गर्दा पहिलो आउनेले पहिलो सेवा पाउने आधारमा डिलरहरूको पूर्ण विवेकबाट प्रदान गरिएको १२ महिनासम्मको निःशुल्क वर्ल्डलिङ्क इन्टरनेट र नेटटिभीको सब्स्क्रिप्सन पनि प्राप्त गर्न सक्नेछन्।  

खरिद गरिएका टि, ए, बि, सी र डी–सिरिजका सामसङ टिभीहरूमा ३ वर्षको पूर्ण वारेन्टी छ। थप रूपमा, चुनिएका सामसङ टिभीहरू खरिद गर्दा, ग्राहकहरूले घरमा रिएल इमर्सिभ टिभी हेर्ने अनुभव ल्याउन साउन्डबारहरूमा ५०% सम्म क्यासब्याक प्राप्त गर्न सक्छन्।

यो अफर सामसङको रेफ्रिजरेटर र वासिङ मेसिनको आकर्षक दायरामा पनि लागु हुनेछ । ग्राहकहरूले यस चाडपर्वको सिजनमा कन्भरटेबल ५–इन–१ रेफ्रिजरेटरको कन्भरटेबल जीवनशैलीमा अपग्रेड गर्न सक्नेछन् र विशेष छुटसहित एआई इकोबबल वाशिङ मेसिनसँग स्वचालित रूपमा अप्टिमाइज्ड क्लिन, पावरफुल र जेन्टल वाश प्राप्त गर्न सक्नेछन्। यसबाहेक, ८ केजीभन्दा बढी क्षमता भएको सामसङ फ्रन्ट लोड वाशिङ मेसिन खरिद गर्दा ग्राहकले ६ केजी सर्फ एक्सेल म्याटिक निःशुल्क प्राप्त गर्नेछन्।

सामसङले आफ्नो फ्रिजमा रहेको डीआइटि कम्प्रेसर र वासिङ मेसिनको डीआइटी मोटरमा प्रदान गरेको २० वर्षको वारेन्टी र निःशुल्क स्थापना सेवाले गर्दा ग्राहकहरूलाई झन्झटमुक्त अनुभव लिन मद्दत गर्नेछ।

यी चाडपर्वका अफरहरू हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडको सहकार्यमा सञ्चालित सामसङको इन्स्टा फाइनान्स सेवाबाट प्राप्त गर्न सकिन्छ जसद्वारा ग्राहकहरूलाई १८ महिनासम्मको विस्तारित अवधिका लागि शुन्य प्रतिशत ब्याज ईएमआईमा नवीनतम सामसङ टिभीहरूको खरिद गर्न सकिन्छ।  

इन्स्टा फाइनान्स लोन लिनको लागि डाउन पेमेन्ट गर्नुपर्छ। नागरिकतामात्र लिएर इन्स्टा फाइनान्स लिन सकिन्छ। थप रूपमा, ग्राहकहरूलाई अर्को स्टोरबाट माथि उल्लेखित सामसङ उत्पादनहरूका लागि आफ्ना पुराना इलेक्ट्रोनिक्स अप्लाएन्सहरू वा टिभीहरू एक्सचेन्ज गरी नयाँ सामसङ टिभी वाहोम अप्लाएन्सहरू किन्ने सुविधा उपलब्ध छ। विस्तृत जानकारीको लागि र “भव्यदशैं तिहार, घरभरी उपहार” अफर मार्फत अफर गरिएका यी विशेष डिलहरूको फाइदा लिनको लागि आज नै नजिकैको सामसङ डिलरमा जानुहोस्।

यो योजना सामसङ कन्ज्युमर इलेक्ट्रोनिक्स – हिम इलेक्ट्रोनिक्स प्रालि र त्रिवेणी व्यापार प्रालिका आधिकारिक वितरकहरूले नेपालभर उपलब्ध गराएको छ।  

प्रकाशित: १ आश्विन २०८१ १८:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App