१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

सुनको मूल्य हालसम्मकै उच्च

स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। अघिल्लो दिन प्रतितोला २ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो।

यसअघि गत भदौ २१ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो। त्यसदिन छापावाला सुनको मूल्य १३ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको थियो।

अघिल्लो दिन भने छापावाला सुनको मूल्य प्रतितोला १  लाख ५२ हजार ४ सय रुपैयाँ कायम थियो। यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। चाँदीको मूल्य १५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ७८० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित: २६ भाद्र २०८१ १०:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App