३ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

साफ यू-१७ र एसिया कप यू-२० छनोट खेल्ने टोलीको एकसाथ बिदाई

एसिया कप अन्डर-२० छनोट र साफ अन्डर-१७ च्याम्पियनसिप खेल्ने राष्ट्रिय टिमको बिदाई गरिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार एक कार्यक्रम आयोजना गरी दुवै टोलीको एकसाथ बिदाई गरेको हो। बिदाई कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीसहित राष्ट्रिय खेलकुद परिषद् (राखेप), एन्फाका पदाधिकारीसहित खेलक्षेत्र आबद्ध अधिकारीहरुको सहभागिता थियो।  

बिदाई समारोहलाई सम्बोधन गर्दै खेलकुदमन्त्री चौधरीले खेल क्षेत्रलाई बलियो बनाउन सरकार लागि परेको जानकारी गराउँदै खेल पदाधिकारी र खेलाडीबाट समेत सोही अनुसारको प्रदर्शनको अपेक्षा गरेको बताए।

प्रकाशित: १ आश्विन २०८१ १८:४७ मंगलबार

#SAFF U-17 Championship SAAF U-17 #U-17 national team #U-20 national team #Asian U-20 Cup Qualifiers