बजाज मोटर साइकलको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले नेपालीहरुको महान चाड बडा दशैँ, तिहार र छठको अवसरमा नयाँ स्किम ‘क्यास सफारी’ ल्याएको छ।

‘हातहातमा हात्ती, लकमा लखपति’ को सन्देश सहित यसपालीको चाडपर्व विशेष हुने कम्पनीले जनाएको छ ।
बजाजको यस योजनाअन्तर्गत ग्राहकहरुले हरेक बजाजको खरिदमा स्योरसट रुपमा १ लाखसम्म क्यास जित्न सक्नेछन् भने साप्ताहिक–ड्र अन्तर्गत हरेक हप्ता एक जोडीले चितवनमा जङ्गल सफारीको अवसर पाउनेछन् ।
त्यसैगरी बम्परमा एक जोडीले केन्यामा जङ्गल सफारीको अवसर पाउने छन् ।
कम्पनीका हेड अफ मार्केटिङ अमित राज चालिसेले भने, 'हरेक वर्षझैं यस वर्ष पनि हामीले ग्राहक माझ चाडपर्वको अवसर पारेर आकर्षक स्किम लिएर आएका छौं ।
यस्ता स्किमहरु मार्फत ग्राहकहरुलाई फरक किसिमको अनुभव प्रदान गर्नु बजाजको प्रतिबद्धता रहँदै आएको छ । यस वर्ष पनि बजाजले ग्राहकहरुको चाड विशेष बनाउने हामीविश्वस्त रहेका छौं ।'
बजाजले ग्राहकहरुका लागि रोमाञ्चक योजना र अफरहरु ल्याउँदै आइरहेको छ । इजीफाइनान्स र ५०५ डाउनपेमेन्टको अफर पनि यस चाडपर्वमा लागु हुनेछ ।
प्रकाशित: २१ भाद्र २०८१ १६:४७ शुक्रबार