३१ भाद्र २०८१ सोमबार
image/svg+xml
अर्थ

सुनको मूल्य हालसम्मकै उच्च

स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य शुक्रबार भने बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य १३ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो।

यसअघि गत भदौ १३ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो।  त्यसदिन छापावाला सुनको मूल्य १ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँ कायम भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य ३० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित: २१ भाद्र २०८१ १०:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App