३० भाद्र २०८१ आइतबार
image/svg+xml
अर्थ

आन्तरिक उडान जहाजको भाडा घट्यो

वायु सेवा कम्पनीहरूले आन्तरिकतर्फ हवाई जहाजको भाडा घटाएका छन्। नेपाल आयल निगमले आन्तरिक उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर पाँच रूपैयाँले घटाएपछि जहाज कम्पनीले भाडा घटाएका हुन्। सहरी क्षेत्रका विमानस्थलमा न्यूनतम ४५ रूपैयाँदेखि अधिकतम दुई सय ६५ रूपैयाँसम्मले भाडा घटेको छ। 

काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थललाई आधार बनाएर भाडा निर्धारण हुन्छ। सबैभन्दा धेरै भाडा काठमाडौं– नेपालगन्ज उडानको घटेको छ। काठमाडौं नेपालगन्ज रुटमा दुई सय ६५ रूपैयाँ घटेको छ। त्यसैगरी सबैभन्दा कम काठमाडौं–सिमरा उडानमा ४५ रूपैयाँ घटेको छ। 

घटेको हवाई भाडादर बुधबारदेखि नै लागु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। आयल निगमले हवाई इन्धनको मूल्य न्यूनतम पाँच रूपैयाँ घटाउँदा वा बढाउँदा वायुसेवा कम्पनीहरूले हवाई भाडा समायोजन गर्ने गरेका छन्।

नयाँ भाडादर अनुसार त्रिभुवन अन्तर्राष्ट्रियबाट उडान हुने वायु सेवा कम्पनी भाडादर घटाएका छन् । काठमाडौं– भद्रपुर रुटमा एसय ५० रूपैयाँ, काठमाडौं– विराटनगर एक सय २० रूपैयाँ, काठमाडौं– जनकपुर ६५ रूपैयाँ, काठमाडौं-भरतपुर ५० रूपैयाँ, काठमाडौं– पोखरा ८० रूपैयाँ, काठमाडौं– भैरहवा १०५ रूपैयाँ इन्धनको मूल्य घटेको छ । यो सम्बन्धित गन्तव्यबाट फर्किंदा पनि भाउ सोही दरमै घटेको छ। 

त्यसैगरी, काठमाडौं– नेपालगन्जमा एक सय ६५, धनगढीमा दुई सय २०, तुम्लिङटारमा ९०, सिमरामा ४५, सुर्खेतमा एक सय ७५, राजविराजमा एक सय रूपैयाँले घटेको छ।

प्रकाशित: १९ भाद्र २०८१ ०८:०८ बुधबार

#airplane #International Airport #Air Service Company