२९ भाद्र २०८१ शनिबार
image/svg+xml
अर्थ

क्यानका महानिर्देशक भन्छन्ः गोर्खाली पाइलट बहादुर भए, बादलमा छिरिदिँदा दुर्घटना हुन्छ !

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पाइलटकै कारण नेपालमा ९८ वटा हवाई दुर्घटना भएको दाबी गरेका छन्।

बिहीबार वायुसेवा सञ्चालक संघले आयोजना गरेको हवाई सुरक्षा सम्बन्धि कार्यक्रममा बोल्दै महानिर्देशक अधिकारीले यस्तो बताएका हुन्।

‘नेपालमा भएका धेरै हवाई दुर्घटनाहरू बादलभित्र वा खराब मौसममा छिर्दा पहाडमा ठोक्किने र जंगलमा ठोक्किने गरेका छन्,’ महानिर्देशक अधिकारीले भने, ‘नेपालको नागरिक उड्डयन प्राधिकरणको नियम छ। भिएफआर उडानमा खराब मौसम हेरेर उडान गर्ने नियम बनाएको छ। तालिम छ। सुरक्षा विज्ञ पाइलटहरू छन्। तर स्टिल बादलमा छिर्नु हुन्छ। पाइलटहरूमा गोरर्खाली बहादुरी धेरै भयो जस्तो लाग्छ।’

तथ्यांक हेर्दा धेरै वरिष्ठ पाइलटहरुको हवाई दुर्घटनामा मुत्यु भएको पनि महानिर्देशक अधिकारीले बताए। उनले भने, ‘धेरै राम्रा मान्छेहरु गुमायौं। ९८ वटा हवाई दुर्घटनामा बादल वा खराब मौसममा छिरेर भएको छ। त्यहाँ नछिरेको भए अहिलेको नेपालको हवाई उडानमा कालो दाग लाग्ने थिएन।’

जहाजमा गम्भिर समस्या भएर हवाई दुर्घटना भएको भए छलफल गर्नुपर्ने स्थिती रहेकामा पाइलटकै बहादुरीले दुर्घटना भएको उनले दाबी गरे। ‘तर सबै पाइलटहरु बहादुर भएकाले यस्तो भएको हो,’ उनले भने।  

'हवाई सञ्चालकलाई पनि ‘माथि जान’ वा पैसा कमाउन हतार भएको महानिर्देशक अधिकारीले दाबी गरे। ‘सेयर होल्डरले उडान नगर भन्दा रेगुलेटरविरुद्ध सर्वोच्च पुग्नुभयो। कति जना सेयरहोल्डर पाइलटहरू हेलिकप्टर दुर्घटना भएर मुत्यु भयो। यसको जिम्मा कसले लिन्छ ?,’ उनले प्रश्न गरे।

हवाईं दुर्घटनाबारे आफूमाथि लागेको आरोप पनि महानिर्देशक अधिकारीले खण्डनको कोसिस गरे। बहादुर पाइलट बादलमा जहाज उडाउने कुरा आफूले पछाडि बसेर नियन्त्रण गर्न नसक्ने उनले बताए। उनले भने, ‘कित नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक खराब मौसमभित्र नजा भनेर पछाडि बस्नुप¥यो । होइन भने यो भन्दा बढी के गर्नुछ रु’ अब पनि हवाई सुरक्षाका विषयमा नसोच्न र नगर्ने हो भने समयले धेरै पछाडि छोड्ने उनले बताए।

प्रकाशित: १३ भाद्र २०८१ १४:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App