२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

धितो पत्र बोर्डको अध्यक्ष लगानीकर्ताको भोटबाट नियुक्ति हुन सक्दैन: अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितो पत्र बोर्डको अध्यक्ष लगानीकर्ताको भोटबाट नियुक्ति गर्न नसक्ने बताएका छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकमा धितो पत्र सम्बन्धी संशोधन विधेयकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो कुरा बताएका हुन । अर्थमन्त्री पौडेलले सरकार संविधान र कानुन सम्मत ढङ्गले चल्ने भएकाले बोर्डको अध्यक्ष कानुन रुपमा विधिसंगत ढङ्गले नियुक्ति हुने बताए ।

उनले कानुन र व्यवस्था भन्दा बाहिर गएर लगानीकर्ता वा भोटबाट छनोट गर्ने कुरा कल्पना गर्न नसकिने उल्लेख गरे । उनले कानुन राज्यमा कानुन र संविधान भन्दा बाहिर सरकार जान नमिल्ने कुरा सांसदहरूलाई जानकारी हुन आवश्यक रहेको पनि सङ्केत गरे। अर्थमन्त्री पौडेलले धितो पत्र बोर्डको अध्यक्ष नियुक्तमा सरकारले मन लागेको गर्ने छुट नभएको बताए । धितो पत्र बोर्डको अध्यक्षमा सरकारले डियु कोर्सबाट कानुनसम्मत ढङ्गले योग्य र इमानदार पात्रको छनोट गरिने प्रतिवद्धता जनाए ।

उनले  योग्यता र इमानदारिताको निरपेक्ष परिभाषा नहुने भन्दै प्रतिष्पर्धीहरुका बिचबाट छनोट गरिने बताए । उनले सांसदहरूले इच्छुकहरूभन्दा बाहिरका पात्रहरूलाई अध्यक्षमा ल्याउनुपर्ने धारणा आएको भन्दै प्रतिस्पर्धा भन्दा बाहिर रहेका व्यक्तिहरू योग्य भए पनि सरकारले छनोट गर्न नसक्ने उल्लेख गरे । उनले धितो पत्र बोर्डको अध्यक्षमा गैर राजनीतिक पात्रको खोजी गर्न नसकिने पनि स्पष्ट पारे ।

उनले मुलुक दलिय व्यवस्थामा सञ्चालन हुने भएको भन्दै दल र दलहरुको भूमिका बिना अहिलेको व्यवस्था परिकल्पना गर्न नसकिने बताए । उनले धितो पत्र बोर्डको अध्यक्ष पनि निरपेक्ष ढङ्गले दलभन्दा बाहिरको मान्छे खोजी गर्न सम्भव नभएको जिकिर गरे । उनले दलिय आस्थाका आधारमा जिम्मेवारीमा रहँदा निर्णय गर्ने नपाउने अपेक्षा स्वाभाविक भएको बताए ।

उनले धितो पत्र बोर्डको अध्यक्ष दल भन्दा बाहिरको पात्र खोजी ग¥यो भने अन्यत्र कतै बरालिन पुगिने भन्दै सरकारले त्यस्तो नगर्ने बताए । अर्थमन्त्री पौडेलले पुँजी बजारमा इन्साइडर टे«डिङ,सामाजिक सञ्जालको दुरुपयोग गरेर लगानीकर्तालाई भ्रममा पार्ने नसक्ने र पुँजी बजार बलको रुपमा नभई दिगो रुपमा विकास होस् भन्ने भावका साथ विधेयक संशोधन गर्न लागेको बताए । उनले झुटो प्रचार,भ्रामक अभिव्यक्ति दिने र लगानीकर्तालाई भ्रममा बनाउन नदिने विषयमा विधेयकले सम्बोधन गर्ने बताए । 

बजारमा अराजकता फैलन नदिने गरी विधेयकमा व्यवस्था गरिएको पनि बताए । बजारमा अनुशासनहीनता, स्वेच्छाचारिताका क्रियाकलाप नहुने, लगानीकर्ता पीडित नहुने गरी कानुनको तयारी भएको उनको भनाइ छ । वित्तीय साक्षरताको कमी र केही खेलाडीहरुले बजारलाई प्रभावित बनाउन सक्ने भन्दै त्यसलाई कम गर्न नियमनको प्रभावकारी प्रबन्ध हुने जानकारी दिए । 

प्रकाशित: ११ भाद्र २०८१ २०:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App