१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘आर्थिक सुधार आयोग गठन हुनु सकारात्मक’

अर्थ मन्त्रालयले उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्ने विषय समावेश गरेकामा नेपाल उद्योग वाणिज्य महासङ्घले यसलाई सकारात्मक रूपमा लिएको जनाएको छ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले शनिबार एक विज्ञप्ति जारी गर्दै भनेका छन, ‘महासङ्घले सुधारका लागि समन्वय गर्न उच्चस्तरीय आयोगको माग राख्दै आइरहेको थियो, महासङ्घको प्रस्तावलाई सरकारले प्राथमिकता दिएकामा आभार व्यक्त गर्दछु ।’

अर्थतन्त्र सम्बद्ध क्षेत्रबीच समन्वयको अभाव, निजी क्षेत्रको नीति निर्माण तहमा सीमित पहुँच र तत्कालीन एवं दीर्घकालीन रूपमा अर्थतन्त्र चलायमान बनाई दिगो आर्थिक विकास हासिल गर्नुपर्ने अहिलेको आवश्यकता भएकाले महासङ्घले आयोगको प्रस्ताव सरकारसमक्ष राखेको थियो।

यसलाई अर्थ मन्त्रालयले सय दिनको प्राथमिकतामा समावेश गरेकामा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलसहित मन्त्रालयलाई महासङ्घले धन्यवाद ज्ञापन गरेको छ । महासङ्घले मितव्ययी रूपमा आयोग सञ्चालनको ढाँचा पनि प्रस्ताव गरेको छ ।

 

प्रकाशित: १ भाद्र २०८१ १७:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App