१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

थाई एयर एसियालाई भैरहवामा साताको चार उडान अनुमति

थाई एयर एसियाले भैरहवाका लागि साताको चार उडान गर्ने अनुमति पाएको छ। यो सहमतिसँगै अब थाइल्यान्डको वायुसेवा कम्पनी थाई एयर एसियाले नेपालभित्र एक सातामा सात वटा उडान भर्नेछ। जसमध्ये तीन उडान काठमाडौं र चार उडान भैरहवाका लागि हुनेछन्।

भैरहवा विमानस्थलमा जजिरा एयरवेज, हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सले उडान थाले पनि नियमित भने हुन सकेको छैन।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अभिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अधिक भिड हुँदा वायुसेवा कम्पनीलाई प्राधिकरणले भैरहवा र पोखरा विमानस्थलमा उडानका लागि प्राथमिकता दिइरहेको बताए।

प्रकाशित: १८ श्रावण २०८१ १३:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App