८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

सेयर बजार ६१ अंकले बढ्यो, १५ अर्ब २३ करोडको कारोबार

सेयर बजार नेप्से आइतबार ६१.६१ अंकले बढेको छ। गत सातादेखि निरन्तर उकालो लागिरहेको बजार आइतबार उच्च अंकको वृद्धिसँगै २४८५.९४ अंकमा पुगेका छ। यो अंक २०७८ चैत २१ गतेपछिको सबैभन्दा उच्च हो।  

आइतबार ३१५ कम्पनीको चार करोड ११ लाख ९५ हजार पाँच सय ३४ कित्ता शेयर एक लाख ७७ हजार चार सय ६७ पटक खरिदबिक्री भएको छ। १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार दुई सय ९० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आइतबार कारोबारमा आएका सबै उपसमूहको सूचक वृद्धि भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। व्यापार समूहको ६.८०, होटल तथा पर्यटन ४.२१ र वाणिज्य बैंक समूहको उपसूचक ३.८६ प्रतिशतले बढेको छ।  यस्तै विकास बैंक १.४१, वित्त १.५१, जलविद्युत् १.३७ र लगानी समूह २.६८ प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा भने आइतबार सबैभन्दा धेरै सोल्टी होटल लिमिटेडको ३४ करोड १० लाख ९६ हजार ३०७ बराबरको कारोबार छ। सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको १४ लाख ९० हजार पाँच सय ५० कित्ता किनबेच भएको छ।

युनाइटेड मोदी हाइड्रोपावर र समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेपछि सर्किट लागेका थियो। 

प्रकाशित: ६ श्रावण २०८१ १५:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App