३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

ललितपुर महानगरको बेरुजु ०.४ प्रतिशत मात्रै, पुँजीगत खर्च ८३.६२ प्रतिशत

ललितपुर महानगरको आर्थिक वर्ष २०८०/८१ मा महानगरको बेरुजु ०.४ प्रतिशत मात्र रहेको छ।

आ.व.२०८१/८२ को नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा महानगरले असार २४ गतेसम्म चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा कुल खर्च ८३.६२ प्रतिशत रहेको बताएको हो। यसमध्ये पुँजीगत खर्च ८१.३ प्रतिशत रहेको र राजस्व सङ्कलनः ९८.५ प्रतिशत रहेको महानगर प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए।  

महानगर प्रमुख चिरिबाबु महर्जनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ७ अर्ब ४६ करोड ८३ लाख ९२ हजारको बजेट विनियोजन गरिएको जानकारी दिए। यो गतवर्षको तुलनामा १५ प्रतिशतले बढी हो। यसमध्ये पुँजीगत तर्फी ४ अर्ब ६७ करोड ९४ लाख २३ हजार ( ६३ प्रतिशत) र प्रशासनिक खर्च तर्फ २ अर्ब ७८ करोड ८९ लाख ६९ हजार रुपैयाँ ( ३७ प्रतिशत) रहेको प्रमुख महर्जनको भनाइ छ।

महानगर प्रमुख चिरिबाबु महर्जनले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि ७ अर्ब ४६ करोड ८३ लाख ९२ हजारको बजेट विनियोजन गरिएको जानकारी दिए। यो गतवर्षको तुलनामा १५ प्रतिशतले बढी हो। यसमध्ये पुँजीगत तर्फी ४ अर्ब ६७ करोड ९४ लाख २३ हजार ( ६३ प्रतिशत) र प्रशासनिक खर्च तर्फ २ अर्ब ७८ करोड ८९ लाख ६९ हजार रुपैयाँ ( ३७ प्रतिशत) रहेको प्रमुख महर्जनको भनाइ छ।

महानगर प्रमुख चिरीबाबु महर्जनले सम्पदा क्षेत्र र सार्वजनिक जग्गा अतिक्रमणमा शून्य सहनशीलता अपनाउँदै सार्वजनिक जग्गाको लगत सङ्कलन गरेको बताए।

सिमाङ्कन र संरक्षणका लागि समिति गठन तथा बजेट व्यवस्था गरिएको उनको भनाइ थियो। उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ललितपुर महानगरलाई हस्तकलाको राजधानी बनाउने तयारी गरेको बताइन्। जानकारी दिइन्। त्यसका लागि संघ प्रदेशसँग छलफल भइरहेको जानकारी दिइन्।

पत्रकार सम्मेलनमा वितरित पे्रस नोटमा यता सप्तपाताल पोखरी, पलेस्वा पुखु लगायतका आयोजनाहरू द्रुतगतिले प्रगति भइरहेको तथा चक्रपथ धोबीघाटमा अपाङ्गतामैत्री आकाशेपुल निर्माण (साइकल राम्प सहितको आकाशे पुल) भइरहेको उल्लेख छ। नख्खु खोलामा निर्माण भइरहेका तीनवटा पुलमध्ये एउटा पुलको निर्माण सम्पन्न भई समुद्घाटन भइसकेको महानगरले जानकारी दिएको छ।

हरिसिद्धि र धापाखेलका बासिन्दालाई आवतजावतमा सहजताका लागि कर्मनाशा नदीमा पुल निर्माण गरिने तथा अपाङ्गतामैत्री फुटपाथ, ट्रान्सपरेन्ट ग्रीन फेन्स, स्मार्ट स्ट्रिट लाइट, हाई मास्ट र सीसीटिभी जडानलाई निरन्तरता दिने महानगरको भनाइ छ।

प्रकाशित: २६ असार २०८१ १०:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App