२० असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

एसईईको नतिजा अब 'एनसेल एप'मा पनि हेर्न सकिने

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अब एनसेल एपमार्फत् पनि हेर्न सकिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको सूचना अनुसार, एसइई २०८० को नतिजा एनसेल एपबाट पनि हेर्न सकिने भएको हो ।  

एनसेल एपको होम स्क्रिनमा गई एसईई रिजल्टमा ट्याप गरेर परीक्षार्थीको सिम्बोल नम्बर र जन्म मिति राखेपछि नतिजा हेर्ने सकिने छ । बोर्डले नजिता प्रकाशन गर्न अन्तिम तयारी गरिरहेको छ ।

बोर्डले नतिजा प्रकाशित भएसँगै सहज रूपमा नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरेको छ ।  

गत चैत १५ गतेदेखि सञ्चालित एसईई परीक्षामा देशभरका ५ लाख ४ हजार ४१४ जना विद्यार्थी सहभागी भएका थिए ।

प्रकाशित: ११ असार २०८१ १३:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App