१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी?

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमवार तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेका छ।

यसैबीच चाँदीको मूल्यमा भने आज सामान्य वृद्धि भएको छ। सोमवार तोलामा १ हजार ८०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँले बढेर तोलामा १ हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: ४ असार २०८१ १०:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App