१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

अन्तर्राष्ट्रिय विकास सङ्घको तेस्रो रिप्लेनिसमेन्ट बैठक आजदेखि काठमाडौँमा

अन्तर्राष्ट्रिय विकास सङ्घ (आईडीए)–२१ को तेस्रो रिप्लेनिसमेन्ट बैठक आजदेखि काठमाडौँमा सुरु हुँदैछ। ७ गतेसम्म चल्ने उक्त बैठकको सम्पूण तयारी भइसकेको छ।

बैठक आयोजना गर्न नेपालले गरेको प्रस्तावलाई विश्व बैँक व्यवस्थापनले स्वीकार गरी नेपालमा सञ्चालन गर्न लागेको उक्त बैठकमा विश्व बैँंकका वरिष्ठ प्रवन्ध निर्देशक एक्सेल भान ट्रोटसेनवर्ग लगायत उच्च पदस्थ पदाधिकारीसहित ६१ देशका करीब २ सयभन्दा बढी प्रतिनिधहरूको सहभागिता रहनेछ।

बैठकको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम रहेको छ।

आगामी ३ वर्षका लागि आईडीए देशहरूलाई प्रदान गरिने सहुलियतपूर्ण ऋण तथा अनुदान सहायता तथा प्राथमिकता क्षेत्र, नीति ढाँचा, नतिजा खाका र सो को लागि आवश्यक वित्तीय स्रोतको प्रतिवद्धता व्यक्त गर्ने सम्बन्धमा दातृ पक्ष, सहायता प्राप्त गर्ने देशका प्रतिनिधि र विश्व बैकका उच्च पदस्थ पदाधिकारीहरू बीच ४ दिनसम्म प्रविधिक सत्रमा गहन छलफल हुनेछ।

सोही अवसरमा बैठकमा सहभागीहरुबाट विश्व वैंक समेतका सहयोगमा नेपालमा सञ्चालित शिक्षा, खानेपानी, पुनर्निमाण, उर्जा, जलवायु लगायतका क्षेत्रसंग सम्बन्धित विभिन्न ९ वटा आयोजनाहरुको समेत स्थलगत भ्रमण हुनेछ। नेपालमा सञ्चालन भएका आयोजनाको प्रगति र अवस्थाका बारेमा विश्व समुदायलाई नजिकबाट देखाउन र बुझाउन यसले अवसर प्रदान गर्नेछ।

दक्षिण एशियामै पहिलो पटक आयोजना हुन लागेको विश्व बैकको उक्त प्रकृतिको उच्च स्तरीय बैठकको तयारी सम्पन्न भएको छ। काठमाडौं स्थित होटल सोल्टीमा सञ्चालन हुने उक्त वैठकमा सहभागिताको लागि हालसम्म विभिन्न देश तथा विश्व बैकबाट करिब १५० जनाभन्दा बढीप्रतिनिधिहरू काठमाडौं आइपुगेका छन्।

उक्त बैठकको आयोजनाबाट नेपालको विकास अनुभव र सफल मोडलको जानकारी विश्व समुदायलाई हुने, नेपालका विकास प्राथमिकतालाई आईडीए को नीति प्रथमिकता संग तादम्य गराउन अवसर मिल्ने, अन्तराष्ट्रिय स्तरमा पहिचान बढन्े, आगामी दिनमा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय स्तरका ठूला कार्यक्रम सञ्चालन गर्न आत्मविश्वास बढ्ने, पर्यटन प्रवर्द्धन र अर्थतन्त्रमासमेत टेवा पुग्ने विश्वास लिइएको छ।

प्रकाशित: ४ असार २०८१ ०७:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App