१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

सहकारी ठगी प्रकरणको छानबिन गर्न कार्यविधि तयार

सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिको कार्यविधि तयार भएको छ।

विशेष समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले कार्यादेश निर्माणका लागि गठित समितिका सदस्यहरूसँग समेत छलफल गरी सो कार्यविधि तयार पारेको हो। सहकारी छानबिन सम्बन्धी कार्यादेश निर्माणमा संलग्न सांसदहरू महेश बर्तौला, हितराज पाण्डे, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की र जीवन परियारसँग पनि आवश्यक छलफल गरी बैठकले आफ्नो कार्यविधि पारित गरेको विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिए। 

त्यसै गरी बैठकले आफ्नो कामलाई अघि बढाउनका लागि कार्यसूचीहरू पनि तय गरेको छ। संघीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड, समस्याग्रस्त सहकारी व्यवस्थापन समिति सहितका निकायहरूसँग छलफल गर्ने र आजको सहकारीको समस्याको बारेमा, बचत अपचलन, दुरुपयोगको बारेमा र समग्र स्थितिको बारेमा जानकारी लिने र त्यस आधारमा अरु सूचना, तथ्यहरू लिने कामहरू पनि गर्ने गरी कार्यसूची पनि बैठकले तय गरेको विशेष समितिले जनाएको छ।

विशेष समितिको कार्यविधिमा प्रादेशिक सहकारीसँग सम्बन्धित निकायहरू र सम्बन्धित स्थानीय तहबाट पनि समस्याग्रस्त सहकारीहरूको तथ्यहरू संकलन गर्ने, जानकारीहरू लिने पनि उल्लेख गरिएको छ।

विगतका सहकारी सम्बन्धी प्रतिवेदनहरू विशेष समितिमा अधिकांश आई सकेको र आउन बाँकी पनि छिटो उपलब्ध गराउन सम्बन्धित पक्षलाई सचेत पनि गराइएकोको विशेष समितिका सभापति थापाले जानकारी दिए। 

प्रकाशित: २ असार २०८१ १७:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App