६ असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

पेट्रोल र डिजेलको मूल्य घट्यो

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। आइतबारबाट लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको हो।

शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँ र डिजेल तथा मट्टितेल लिटरमा १ रुपैयाँ घटाएको हो।

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट मूल्य घटेर आएपछि निगमले साेही अनुसार समायाेजन गरेकाे निगमले जनाएकाे छ।

मूल्य घटेपछि विभिन्न क्षेत्रमा नयाँ मूल्य यसप्रकार रहेको छ:

पेट्रोल :

 - काठमाडौं, पोखरा र दिपायल वरपर: प्रतिलिटर १६५ रुपैयाँ

 - सुर्खेत र दाङ वरपर: प्रतिलिटर १६४ रुपैयाँ

 - चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर: प्रतिलिटर १६२.५० रुपैयाँ

डिजल र मट्टीतेल

 - काठमाडौं, पोखरा र दिपायल वरपर: प्रतिलिटर १५२ रुपैयाँ

 - सुर्खेत र दाङ वरपर: प्रतिलिटर १५१ रुपैयाँ

 - चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर: प्रतिलिटर १४९.५० रुपैयाँ

मूल्य घटेसँगै उपभोक्ताहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १ असार २०८१ २०:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App