नेपाली काँग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारको तीन महिना र बजेटले मुलुकको अर्थतन्त्र गलत दिशामा ल्याउने काम गरेको बताएका छन्।
बुधवार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा.महतले यस्तो कुरा बताएका हुन । उनले वर्तमान सरकारले तीन महिनामा नेपाली जनता र मुलुकको अर्थतन्त्रमा निराशा थप्ने काम मात्रै गरेको आरोप लगाए । उनले सरकारले ल्याएको बजेटले अर्थतन्त्रलाई निरासा जनक अवस्थामा पु¥याउने र आफू अनकुलका व्यक्ति र आयोजनामा खर्च गर्ने काम गरेको बताए ।
पूर्व अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट र सरकारको क्रियाकलापले अर्थतन्त्रलाई गलत दिशामा लैजाने खतरा देखिएको उल्लेख गरे । उनले सरकारले बजेटमा ३ करोड भन्दा तलका योजना नराख्ने प्रतिवद्धता तोडेको बताए । उनले बजेटमा मन्त्रालयमा राखिएको बजेट आफू अनकुलका मान्छेहरूबाट सञ्चालित संस्थाहरू अनगिन्ती रुपमा संस्कृति मन्त्रालय,सहरी विकास मन्त्रालयबाट साना योजनामा रकम छरिएको धारणा राखे । सरकारले बजेट विनियोजनमा व्यापक दुरुपयोग गरेको उल्लेख गरे । पूर्व अर्थमन्त्री महतले आर्थिक विधेयकमा एनसेललाई केन्द्रित गरेर निहित उद्देश्यका साथ धारा ५७ अन्तर्गतमा छुट दिने व्यवस्था गरेको बताए ।
प्रकाशित: ३० जेष्ठ २०८१ १८:१८ बुधबार





