७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

वीरगन्जमा एनसेलको नयाँ सेन्टर सञ्चालनमा

बहुराष्ट्रिय टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलले वीरगन्जमा नया सेन्टर सञ्चालनमा ल्याएको छ।  

वीरगन्जको घण्टाघरदेखि पूर्व वीरगन्ज सामुदायिक अस्पताल र शिवा अस्पतालको गल्लीमा खोलिएको एनसेल सेन्टरको कम्पनीका चीफ अफ स्टाफ स्टोफेन रोड्रिगेजले बिहीबार उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै अपरेशन चिफ स्टाफ रोड्रिगेजले ग्राहक सेवालाई प्रमुख प्राथामिकतामा राखेर कम्पनीले सेवा प्रदान गरिरहेको बताए ।  

उनले गुणस्तरीय सेवा प्रदान गरेर समुदायप्रति विश्वसनीय बनाउन कम्पनी प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा कष्टमर एक्सपेरियन्स मेनेजर ज्योती दाहालले एनसेल कम्पनीको सेवाले ग्राहकहरुको पनि मन जितेकोले यसलाई समुदायस्तरमा अझ विश्वसनीय बनाउन सेन्टर मार्फत सेवा उपलब्ध गराईएको बताईन् ।

प्रकाशित: २७ वैशाख २०८१ १८:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App