७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

ग्रिन हाइड्रोजनको अनुसन्धान गर्न सहकार्य गर्दै मुक्तिनाथ बैंक

मुक्तिनाथ विकास बैंक लिमिटेडले दिगो विकासमा टेवा पुर्‍याउने उद्देश्यले ग्रिन हाइड्रोजन इन्धनको अनुसन्धानको लागि काठमाडौं विश्व विद्यालयसँग सहकार्य गर्ने भएको छ। एक कार्यक्रमबीच बैंकले काठमाडौं विश्वविद्यालयअन्तर्गत रहेको ग्रिन हाइड्रोजन ल्याबलाई अनुसन्धानका लागि आर्थिक सहयोग गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेको छ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल र काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापा, ग्रिन हाइड्रोजन ल्याबका प्रमुख डा. विराजसिंह थापा तथा दुवै संस्थानका अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: २४ वैशाख २०८१ ०८:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App