५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

शेयर लगानीकर्तासँग सम्पत्ती सुद्दिकरणबारे छलफल

शेयर बजारका लगानीकर्ताहरूलाई सम्पत्ती सुद्धिकरण आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी कार्यशाला गोष्ठी विराटनगरमा आयोजना गरिएको छ। 

नेपालइन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्राली (ब्रोकर नं १९) ले विराटनगरमा सम्पत्ती सुद्धिकरण सम्बन्धी कानुनी व्यवस्थाका विषयमा लगानी कर्ताहरूलाई जानकारी दिने उद्देश्यले कार्यशाला गोष्ठीको आयोजना गरेको हो।

कार्यक्रमलाई फाइनान्सियल लिटरेसी नेपालका भुवन दाहाल र निरज गिरीले सहजीकरण गरेका थिए। सो अवसरमा सहजकर्ताहरूले सम्पत्ती सुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निबारणका विषयमा भएका कानुनी व्यवस्थाका बारेमा जानकारी गराएका थिए।

नेपालमा सम्पत्ती सुद्दिकरण निवारण ऐन २०६४ र सम्पत्ती सुद्दिकरण नियमावली २०७३ कार्यान्वयनमा रहेको छ। यो ऐन सम्पत्ती सुद्दिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर गर्ने नेपालभित्र वा नेपाल बाहिर जहाँ बसेको व्यक्तिलाई पनि लागू हुने सहजकर्ता निरज गिरीेले बताए।

उनले स्रोत नखुलेको वा गैरकानुनी रुपमा आर्जन गरेको रकमलाई वैधानिकता प्रदान गर्न विभिन्न खालका प्रपञ्चहरू हुने गरेका र त्यस्तो रकम शेयर बजारमा पनि आउन सक्ने भएकाले त्यस तर्फ सबै सचेत हुन आवश्यक रहेको बताए।

कार्यक्रममा सहभागिहरूले सम्पत्ती सुद्दिकरणका विभिन्न विषयमा प्रश्नहरू राखेका थिए। कार्यक्रममा नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रालिका अध्यक्ष उमेश रेग्मीले विराटनगरका शेयर बजारका लगानी कर्ताहरूलाई सम्पत्ती सुद्दिकरण ऐन बारे जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको  बताए।

कार्यक्रममा विराटनगरका १ सय जना शेयर लगानीकर्ताहरूको सहभागिता रहेको थियो।

प्रकाशित: २१ वैशाख २०८१ १२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App