१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

लगानी सम्मेलनमा समेटिए १९ वटा जलविद्युत् आयोजना

आउँदो बैशाख १६ र १७ गते हुन लागेको तेस्रो लगानी सम्मेलनमा निजीक्षेत्रबाट १९ वटा जलविद्युत् आयोजनाहरु सोकेसमा राखिने भएको छ।

लगानी बोर्डका अनुसार, सोकेसमा राखिनेमध्ये निजीक्षेत्रका जलविद्युत् आयोजना रहेका छन्। जसमध्ये, अपर मस्र्याङ्दी १, अप्सुवा खोला १, ५४ मेगावाटको महाकाली सेती जलविद्युत आयोजना, सेती नदी पिकिङ हाइड्रोपावर लगायत १९ वटा जलविद्युत आयोजनालाई लगानी सम्मेलनको सोकेसमा राखिने लगानी बोर्डले जनाएको छ।

त्यस्तै, पेल्मा खोला पिआरओआर जलविद्युत आयोजना, दाना खोला आयोजना, माथिल्लो बुढीगण्डकी, लन्द्रुक मोदी, बलेफी खोला, चुवा खोला, नर खोला, अपर चुवा, अपर अप्सुवा, अपर भेरी, सुक्रे दूधकोसी जलविद्युत् आयोजना पनि लगानी सम्मेलनमा समेटिएको छन।

तिप्ल्याङ कालीगण्डकी, मिडल कालीगण्डकी, अपर सानीभेरी र मुगु कर्णाली जलविद्युत आयोजना रहने बोर्डले जनाएको छ।

प्रकाशित: ६ वैशाख २०८१ १४:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App