२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हिमालय एअरलाइन्सको वार्षिक अभियान

हिमालय एअरलाइन्सको वार्षिक अभियान ‘स्टेप टुवर्डस् एजुकेसन’लाई यस वर्ष पनि निरन्तरता दिइएको छ। यसै क्रममा एयरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।

कम्पनीका ब्रान्ड विभाग प्रमुख उज्ज्वला दलीले प्रयास नेपालका बालबालिकालाई विभिन्न कक्षाका लागि पाठ्यपुस्तक, नोटबुक, स्कुल झोला र स्कुल जुत्तालगायतका आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरेका छन्।

यसै क्रममा कम्पनीले वार्षिक सहायताका अतिरिक्त, बालबालिकाको ज्ञान अभिवृद्धि गर्न र उड्डयन इतिहासको संक्षिप्त जानकारी गराउन एअरलाइन्सले काठमाडौंको सिनामंगलस्थित उड्डयन संग्रहालयको स्थलगत भ्रमणको आयोजना गरेको छ।

विपन्न तथा अनाथ बालबालिकालाई उड्डयनको संसार चिनाउने प्रत्यक्ष अवसर प्रदान गरेर हिमालयले उनीहरूको जिज्ञासालाई प्रज्वलित गर्ने र परम्परागत कक्षाकोठाको सिकाइभन्दा बाहिर तिनीहरूको क्षितिज फराकिलो बनाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

यसै क्रममा ब्रान्ड विभाग प्रमुख दलीले एअरलाइन्समा कम्पनी भविष्यका नेतृत्वकर्ताहरू निर्माण गर्न तथा बालबालिकाको सिक्ने उत्साहलाई बढावा दिन, प्रयोगात्मक शिक्षाको परिवर्तनकारी शक्तिमा विश्वास गर्ने उल्लेख गर्दै विपन्न बालबालिकाका लागि अवसरहरू सिर्जना गर्न प्रतिबद्ध रहेको बताइन्।

प्रकाशित: २९ चैत्र २०८० ०६:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App