१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

नेपाल र भारतबीच ५५४ मेगावाट बिजुली तीन महिना लागि मात्र आयात गर्ने सम्झौता

नेपालले भारतबाट ५५४ मेगावाट विद्युत् आयातका लागि सम्झौता गरेको छ।

नेपाल र भारतबीचको विद्युत् आयात सम्झौता तीन महिनाका लागि नवीकरण समेत भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

‘आउँदो मार्च ३० देखि तीन महिनाका लागि भारतको बजारबाट ५५४ मेगावाट बिजुली आयात सम्झौता भएको छ’, प्राधिकरणको भार प्रेषण केन्द्रका प्रमुख चन्दनकुमार घोषले भने, ‘सुख्खायामका कारण विद्युत् उत्पादन घटेकाले थप बिजुली आयात गर्न लागिएको हो।’

उनका अनुसार, भारतको खरिद गरिने बिजुली त्यहाँको एक्सचेन्ज मार्केटबाट आयात गर्न सम्झौता भइसकेको उनले बताए। बिजुली ढल्केबर–मुजफ्फरपुर र टनकपुरतर्फको प्रसारण लाइनमार्फत आयात गरिने छ।

‘५ सय मेगावाट ढल्केबरतर्फको प्रसारण लाइन र टकनपुरबाट ५४ मेगावाट आयातका लागि सम्झौता नवीकरण भइसकेको छ’, घोषले भने।

देशभर हिउँद लागेसँगै जलविद्युत् आयोजनामा विद्युत् उत्पादनमा गिरावट आइरहेको छ। प्राधिकरण अनुसार, हाल कुल ३ हजार मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा जोडिए पनि अहिले मुस्किलले १२ सय मेगावाट बिजुली उत्पादन भइरहेको छ।

देशभर अधिकांश जलविद्युत् आयोजनाहरू रन अफ दि रिभर(नदी प्रवाहमा आधारित) प्रकृतिका छन्। जसका कारण, बर्खायाममा विद्युत् उत्पादन बढ्छ भने हिउँद लागेसँगै विद्युत् उत्पादन घट्ने गरेको प्राधिकरणले जनाएको छ।

प्रकाशित: १५ चैत्र २०८० १४:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App