२६ माघ २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

पार्श्व गायनबाट सन्यास लिएका अरिजित स्टेजमा देखिए

हालै २७ जनवरीमा बलिउडका युवा पुस्तामा सबै भन्दा लोकप्रिय गायक अरिजित सिंहले पार्श्व गायनबाट सन्यासको घोषणापछि उनका प्रशंसक दुखी थिए। धेरैले उनको संन्यास घोषणा फिर्ता लिन आग्रह समेत गरेका थिए।

उनी अब चलचित्रका गीतमा गुन्जिने छैनन् तर स्टेजमा भने देखिने छन्। उनी फेरि स्टेज तताउन हालै कोलकतामा पहिलो लाइभ कार्यक्रममा प्रस्तुति दिएका छन्। जुन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उनका प्रशंसक उनलाई फेरि सुन्न पाउँदा खुसी छन्।

कन्सर्टमा अरिजितसँगै सितार वादक अनुष्का शंकर पनि उपस्थित थिइन्। अनुष्काको कार्यक्रममा अरिजित सिंह अतिथि कलाकार थिए।

यसैबिच, मंगलबार शिवरात्रिको विशेष अवसर पारेर अरिजितले आफ्नो युट्युब च्यानलमा एउटा नयाँ गीत रिलिज गरेका छन्। गीतको शीर्षक ‘ओ शिव मेरे’ हो। यो भक्ति गीत मनदीप पंघालले रचना गरेका हुन्।

प्रकाशित: २६ माघ २०८२ १३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App