१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

वसन्तकालीन सिजनको पहिलो सगरमाथा आरोहण अनुमति जारी

पर्यटन विभागले वसन्तकालीन सिजनमा सगरमाथा हिमाल आरोहणका लागि पहिलो अनुमति दिएको छ।

विभागका शाखा अधिकृत चुन बहादुर तामाङका अनुसार यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथा आरोहणका लागि हिमालयन गाइडस् नेपाल ट्रेक्स एण्ड एक्पिडिसन कम्पनीबाट आठ जना सदस्यले अनुमति लिएका छन्।

‘अहिले भर्खरै सगरमाथा आरोहणको लागि पहिलो अनुमति विभागले जरी गर्‍याे’ अधिकृत तामाङले भने,‘आठ जना सदस्य रहेको यस समूह हिमालयन गाइड नेपाल ट्रेक्स एण्ड एक्पिडिसन कम्पनी अन्तर्गतका हुन्।’

एभरेष्ट एक्पिडिसन स्प्रिङ –२०२४ नाम रहेको पर्वतारोही दलको नेता अमेरिकन नागरिक छुल्दिम आङ् दोर्जे शेर्पा हुन्।

प्रकाशित: १२ चैत्र २०८० १७:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App