१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

आजबाट मन्थली–लुक्ला उडान सुरु

पदयात्रा र हिमाल आरोहणको मौसम सुरु भएसँगै रामेछापको मन्थली  विमानस्थलबाट लुक्लाका लागि दैनिक उडान सुरु भएको छ। तारा, समिट र सीता एयरले आजदेखि सोलुखुम्बुको लुक्लासम्म नियमित उडान भर्न थालेपछि पर्यटकका लागि सहज हुने ठानिएको छ।     

पर्यटकीय मौसमको बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यस्त हुने भएकाले ट्राफिक जाम नहोस् भनी एयरलाइन्सहरूले पर्यटकलाई मन्थलीसम्म गाडीमा ल्याएर लुक्लाको लागि उडान भर्ने गरेका छन्। 

पदयात्रा र आरोहणका लागि वर्षको दुई पटक पर्यटक यहाँ आउने गर्छन्। यसअघि असोजको पहिलो सातादेखि मङ्सिरको पहिलो सातासम्म खुम्बु क्षेत्र घुम्न जाने पर्यटक धेरै हुने गर्दथे। यसवर्ष चैतदेखि जेठभित्र घुम्न आउने पर्यटकको सङ्ख्या धेरै भएको तारा एयरका रामेछाप इन्चार्ज प्रवीण सुवेदीले बताए। शुक्रवारदेखि उडान सुरु गरेपनि मौसमले साथ नदिएको उनको भनाइ छ।

आजदेखि मौसम खुलेसँगै नियमित उडान सुरु गरिएको नागरिक उड्डयन प्राधिकरण रामेछापकी निमित्त कार्यालय प्रमुख पुजा थापाले बताइन्। मन्थलीमा हवाई इन्धनसहितको व्यवस्था गरिएको छ। रासस
 

प्रकाशित: ११ चैत्र २०८० १४:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App