१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंक र मेदान्त द मेडिसिटी हस्पिटल’ बीच सम्झौता

सिटिजन्स बैंक र भारतको मेदान्त ‘द मेडिसिटी अस्पताल’ बीच व्यावसायिक सम्झौता भएको छ। बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिनेसम्बन्धी सम्झौता भएको हो।

बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले गुडगाँव हरियाणामा रहेको मेदान्त अस्पतालसँगको समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकले सो अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइसकेको र आगामी दिनमा पनि यो सहकार्यको निरन्तरताले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त हुने विश्वास बैंकको छ।

प्रकाशित: ११ चैत्र २०८० ०७:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App