१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

कुमारी बैंकको वित्तीय साक्षरता भिडियो शृंखला र पुस्तक

कुमारी बैंकले वित्तीय साक्षरता प्रवर्द्धन र उद्यमीहरूलाई सशक्तीकरण गर्न महत्वपूर्ण कदम चालेको छ।

प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल तथा कलाकार दीपाश्री निरौलाको उपस्थितिमा बैंकले वित्तीय साक्षरतासम्बन्धी भिडियो शृंखला र पुस्तक एकैसाथ सार्वजनिक गरेको हो ।

बैंकिङ सेवा–हरूको विवेकपूर्ण उपयोगलाई प्रवद्र्धन गर्न ध्यान केन्द्रित गर्दै भिडियो शृंखलाले व्यवसाय व्यवस्थापन, नगद प्रवाह व्यवस्थापन, बैंकिङ सुरक्षा र सही खाताहरू कायम राख्ने जस्ता अत्यावश्यक विषयहरूमा जोड दिएको बैंकले जनाएको छ।

बैंकले सार्वजनिक गरेको भिडियो शृंखला र पुस्तक बैंकिङ सेवाको प्रयोग, व्यवसाय सुरु र सञ्चालन गर्ने प्रक्रिया, बैंकिङ सुरक्षा जस्ता धेरै विषय वस्तुमा केन्द्रित छ।

प्रकाशित: ११ चैत्र २०८० ०७:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App