१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

महिला सहकर्मी दुर्व्यवहार आरोपमा राष्ट्र बैंकका निर्देशक आचार्य बर्खास्त

नेपाल राष्ट्र बैंकले कर्मचारी अनुशासन उलंघन गर्ने निर्देशक थानेश्वर आचार्यलाई सेवाबाट हटाएको छ। राष्ट्र बैंक मानव संशाधन विभागले चैत ६ गतेदेखि लागु हुने गरी आचार्यलाई सेवाबाट हटाइएको पुष्टि गरेको छ।

राष्ट्र बैंकमै कार्यरत एक वरिष्ठ महिला कर्मचारीलाई दुव्र्यवहार गर्ने आचार्यले पटकपटक अनुशासनहीन कार्य गरेको हुँदा सेवाबाट नै हटाइएको राष्ट्र बैंकले जनाएको छ।

उनले अवकाशपछिको सेवासुविधा भने पाउनेछन् भने भविष्यमा कुनै पनि सेवामा जान पनि रोक लगाइएको छैन।

केन्द्रीय बैंकका उच्च अधिकारीका लागि नगरकोटमा आयोजित ‘स्ट्रेस म्यानेजमेन्ट’ कार्यक्रममा आचार्यले ती कर्मचारीलाई गत पुस २७ गते दुर्व्यवहार गरेका थिए। आचार्यले ती महिला कर्मचारीलाई दुर्व्यवहार गर्नुभन्दा अघि पनि पटकपटक अनुशासनहीन कार्य गरेकाले कारबाहीमा परेका थिए।

ती महिला कर्मचारीमाथि दुव्र्यवहार गरेपछि राष्ट्र बैंकले छानबिन समिति बनाएको थियो। मानव संशाधन विभागले छानबिनका क्रममा दोषी देखिएका आचार्यलाई स्पष्टीकरण सोधिएको तर चित्तबुझ्दो नभएपछि सेवाबाट हटइएको जनाएको छ।

राष्ट्र बैंकको टक्सार शाखामा कार्यरत आचार्यलाई कारबाही गर्न थालिएपछि जिम्मेवारीविहीन बनाइएको थियो।

मानव संशाधन विभाग प्रमुख मुकुन्द क्षेत्रीले ती महिला कर्मचारीले दिएको उजुरीका आधारमा छानबिनपछि दोषी पाइएको हुँदा आचार्यलाई सेवाबाट हटाइएको बताए।

प्रकाशित: ६ चैत्र २०८० १०:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App